काठमाडौं । सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । सूचना प्रविधि प्राविधिक समूहका सहसचिवको रूपमा विभागको नेतृत्व गरिरहेका उनको राजीनामा दिएका हुन् ।

पौड्यालले राजीनामामा व्यक्तिगत र पारिवारिक कारणले सेवामा निरन्तरता दिन नसक्ने उल्लेख गरेका छन् । सहसचिवभन्दा माथि बढुवाको अवसर नभएको र हालै राष्ट्रिय सभाले परिमार्जन गरेको निजामती सेवा विधेयकले अतिरिक्त सचिवको व्यवस्थालाई प्रभावित गरेको सन्दर्भमा उनको राजीनामा आएको हो ।
विधेयकमा पहिले अतिरिक्त सचिवको व्यवस्था भए पनि राष्ट्रिय सभाले गरेको परिवर्तनलाई प्रतिनिधिसभाले स्वीकार्ने सम्भावना छ । पौड्यालले व्यक्तिगत र पारिवारिक कारण देखाए पनि बढुवाको सम्भावना नरहेको र निजामती विधेयक लागू भएपछि दुई वर्षको कुलिङ पिरियडले समस्या निम्त्याउन सक्ने भएकाले उनले राजीनामा दिएको हुन सक्छ ।














