Logo
Logo

सागर ढकालको भनाइ– “कोही नआए, म नेतृत्व गर्न तयार छु”


0
Shares

काठमाडौं । सागर ढकालले देशको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।

बुधबार जेनेरेसन जेड (जेन्जी) समूहको गुगल मिट बैठकमा बोल्दै उनले यदि कोही अघि नबढे, आफू अगाडि सर्न तयार रहेको स्पष्ट पारे । ढकालले हाल आफू डडेल्धुरामा रहेर २०८४ सालको चुनावको तयारी गरिरहेको भए पनि जेन्जी आन्दोलनलाई पूर्ण समर्थन रहेको बताए ।

“तपाईंहरूबाट कोही नेतृत्व गर्न नसक्ने वा कोही अघि नबढ्ने अवस्था आयो भने म आउन सक्छु,” उनले भने ।

ढकालले पछिल्लो सर्वेक्षणमा करिब ९० प्रतिशत सहभागीले सुशीला कार्कीलाई समर्थन गरेको पनि जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्