काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित गरेको छ ।

बोर्डले बुधबार विज्ञप्ति जारी गर्दै भदौ २८ र २९ गतेका लागि तय गरिएका परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण स्थगित गरिएको जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ, “पूर्व निर्धारित तालिका अनुसार सञ्चालन हुने परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।”
बोर्डले स्थगित परीक्षाको नयाँ तालिका कम्तीमा ७ दिनको सूचना अवधि दिई पछि सार्वजनिक गरिने पनि स्पष्ट पारेको छ ।














