Logo
Logo

मकवानपुर बाल सुधारगृहबाट ७२ बालक फरार


0
Shares

हेटौँडा । हेटौँडा–११ स्थित मकवानपुरको बाल सुधारगृहबाट ७२ जना बालक फरार भएका छन् । सुधारगृहमा रहेका ९४ बालकमध्ये २२ जना मात्रै बाँकी छन् ।

बुधबार दिउँसो ३:१० देखि ३:२० को बीचमा अभिभावकहरूको सहयोगमा बालकहरू भागेका हुन् । अभिभावकहरूले बाहिरबाट नाराबाजी गर्दै गेटमा तोडफोड र ढुंगामुढा गरेका थिए ।

सुधारगृह प्रमुख प्रदीप गौतमका अनुसार फरारमध्ये धेरैजसो लागुऔषध मुद्दाका थिए । उनीहरूले टिभीमा देखेर भाग्ने योजना बनाएको र केहीले राति नै तयारी गरिसकेको जानकारी दिएका छन् ।

सुधारगृहमा ८ सुरक्षाकर्मी मात्र थिए, जसले भिड नियन्त्रण गर्न नसक्दा बालकहरू भाग्न सफल भए । अहिले सुधारगृहबाहिर थप १५ जना प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्