Logo
Logo

नेकपामा सांस्कृतिक विचलन


- लक्ष्मण देवकोटा


  • लक्ष्मण देवकोटा

सँविधान दिवसको दिन सरकारले देशका निम्ति राम्रो काम गर्नेहरुलाई सम्मान गर्ने भनेर ऐन, नियम बनायो । त्यो ऐन नियममा टेकेर सरकारले तक्मा पाउनेहरुको सूची संविधान दिवसका दिन सार्वजनिक ग¥यो । ती नाम देखेर धेरै जनाले जिब्रो टोके । जिब्रो टोक्नुपर्ने केही नामहरु टाउकैमा थिए । उदाहरणका लागि तत्कालीन अख्तियारका प्रमुख नविन घिमिरे । सरकारले उनलाई जनसेवाश्री प्रथम पदकबाट विभूषित गर्ने सूचीमा उनको नाम समावेश गरेको छ । एक हजार रुपैयाँ घूस लिएको आरोपमा अख्तियारले खरिदार पक्राउ गर्ने र अन्तमा अदालतले खरिदारले आत्महत्या गरेपछि निर्दोष सावित गर्नेसम्मको दूर्दान्त कथा नेपालीजनहरुले भर्खरै पढेका थिए ।

व्यवस्था बदलियो । नेता बदलिए । तर, संस्कार र संस्कृति नबदलिएको एउटा उदाहरण हो यो । अझ पछिल्लोपटक त कम्युनिष्ट पार्टीको संगठनका कुरा हराए । प्रशिक्षण हराए । हिजो देखेको सपना हरायो । सत्ता हातमा भएर पनि अहिले नेता, कार्यकर्तामा देखिएको सांस्कृतिक विचलनले कम्युनिष्ट आन्दोलनको बाटो अलपत्र परेको छ । झगडाहरु केबल पदका निम्ति जस्ता देखिएका छन् ।

ठूला–ठूला काण्डहरु सामसुम पारेर सत्ताको छायाँका अख्तियारी जीवन बिताएका नवीन घिमिरेको काम कारवाही अहिले जनअदालतमा बहसको विषय बनेको छ । सत्ताले चाहेर पनि यो जनबहस रोक्न सक्दैन । तक्मा पाउनेहरुको अर्को नाम देखेर पनि फेरि मानिसहरुले जिब्रो टोके । उनी थिए कञ्चनपुरका पूर्वप्रमुख जिल्ला अधिकारी कुमार खड्का । निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा खड्काले राम्रोसँग कार्यसम्पादन गर्न नसकेको भनेर उनलाई सरकारले कारवाही गरेको थियो । सर्सर्ती पदक पाउनेहरुको सूचीको ठूलो जमात ओली सरकारको ताबेदारीमा लागेको समूह देखिन्थ्यो । तक्मा पाउनेहरुमा औँलामा गन्न सकिने मात्र पेशाप्रति बफादार र इमान्दार भएको ठम्याउन अप्ठेरो भएन । साराँशमा दरबारको गुणगान गाउने, पञ्चायती व्यवस्थाको जयजयकार गर्नेहरुले हिजोको दिनमा गोदवा पाएझैँ यसपटक सत्ताका ताबेदारहरुको ठूलो भजनमण्डलीले पदक प्राप्तको अवसर प्राप्त ग¥यो ।

देश बदल्छु भनेर हिँडेका कम्युनिष्ट सरकारबाट यस्तो किसिमको व्यवहार देखिनु आफैमा अमिल्दो कुरा हो । देश बदल्नेहरु आफै बदलिएको सँकेत पनि हो । र, यो सांस्कृतिक विचलनको चरम उदाहरण पनि हो । जे भनिएको हो त्यो नगर्ने, आफ्ना आसेपासे र चाकडीबाजहरुलाई पुरस्कृत गर्ने र इमान्दार कर्तव्यनिष्ठहरुलाई पुरस्कृत नगर्ने पञ्चायती शैलीको सांस्कृतिक पुनरावृत्ति हो यो ।

भूमिगतकाल थियो, कम्युनिष्ट पार्टीको संगठित सदस्य हुन बडो गाह्रो थियो । पार्टी सदस्यहरुको बीच नियमित बैठक र बहस हुन्थ्यो । संसारका गरिखाने मानिसहरु एक हौँ भन्ने नारा बैठकका भित्तामा झुण्ड्याइन्थ्यो । लुकीलुकी ख्याउटे नेताहरु संगठनको महान् यात्रामा लागिरहेका हुन्थे । किनभने, उनीहरुसँग देश बदल्ने सपना थियो । ती नेता, कार्यकर्ता निस्वार्थ र इमान्दार थिए । जनताहरुले यही कुरामा विश्वास गरेर शहादतका निम्ति आफूलाई बलिबेदीमा होमेका थिए । व्यवस्था बदलियो । नेता बदलिए । तर, संस्कार र संस्कृति नबदलिएको एउटा उदाहरण हो यो । अझ पछिल्लोपटक त कम्युनिष्ट पार्टीको संगठनका कुरा हराए । प्रशिक्षण हराए । हिजो देखेको सपना हरायो । सत्ता हातमा भएर पनि अहिले नेता, कार्यकर्तामा देखिएको सांस्कृतिक विचलनले कम्युनिष्ट आन्दोलनको बाटो अलपत्र परेको छ । झगडाहरु केबल पदका निम्ति जस्ता देखिएका छन् । सबैमा मै खाउँ मै लाउँ भन्ने आफैलाई मूल केन्द्रमा राखेर सोच्ने पुँजीवादी चिन्तनले गाँजेको छ । पछिल्लोपटक तक्मा पाउनेहरुको लाम हेर्दा यस्तै देखिन्छ । नेताहरु सही र स्वस्थ आलोचना किमार्थ सुन्न तयार छैनन् । उनीहरु राजा महाराजाका शैलीमा स्तुति सुन्न आतुर छन् । यो खतरनाक संकेत हो वामपन्थी आन्दोलनका निम्ति ।

हामीकहाँ व्यवस्था बदल्नका निम्ति ठूलाठूला आन्दोलनहरु भए । सात सालको क्रान्ति, छयालीस सालको आन्दोलन, माओवादी जनयुद्ध, त्यसपछिको राजतन्त्रविरुद्धको संयुक्त जनआन्दोलनजस्ता यावत् आन्दोलनहरु नेपाली माटोमा भएका छन् । ती आन्दोलनहरुले व्यवस्था फेरिए पनि आम रुपमा सांस्कृतिक कसिँगरहरु हटाउने आन्दोलन कम्युनिष्ट पार्टीभित्र नभएको हुनाले हाम्रो समाजमा व्यवस्था फेरिए पनि समस्याहरु ज्यूँका त्यूँ रहेकाछन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना होस् या काँग्रेसको स्थापनाताका उठाइएका मुद्दाहरु हुन्, अलिकति घोत्लिएर पढ्ने हो भने अहिलेको राजनीतिक दृष्यका यी दुई ठूला शक्तिहरुले समाजवादी राज्य व्यवस्थाको परिकल्पना गरेका छन् । कम्युनिष्टहरुले त्यसमा एककदम अघि बढेर साम्यवादसम्मको परिकल्पना गरेका छन् । त्यहाँसम्म पुग्नको लागि जसको जोत उसको पोतको नाराले झापा आन्दोलनमा मोहनचन्द्र अधिकारीहरुको रगत उम्लियो र मैदानमा होमिए । १८ वर्ष जेल जीवन बिताए । उनीहरुको कठोर संघर्ष, बलिदानीबाट आजका कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताले के पाठ सिके ? मोहनचन्द्र जीवितै छन् । तर, दुईतिहाइको सरकारमा उनको कही स्थान देखिँदैन ।

राष्ट्रघात, भ्रष्टाचार, कुशासनबाट आजित जनताहरुले एकजुट भएर समृद्ध नेपालको नारा लिएर भोट माग्न आएका एमाले–माओवादीलाई झण्डै दुईतिहाइ मत दिएर संसद्मा पठाए । शिक्षा, स्वास्थ्य, रोजगारी सबैलाई बराबरी होला भन्ने जनताको आशा थियो । त्यो त टाढैको कुरा भयो, डा. गोविन्द केसीसँग पटक–पटक सहमति गरेर पनि यो सरकारले उनको माग पूरा गरेन । समाजवादको बाटोमा हिँडेको सरकार बाटोमै अल्मलियो । गोविन्द केसीभन्दा दुर्गा प्रसाईँ प्यारो लाग्यो । कर्णालीमा एमबीबीएस कक्षा सुरु गर्न भन्दा झापाको प्रसाईंको अस्पताललाई एमबीबीएस कक्षा सञ्चालन गर्न दिन सरकार हतारियो, यसले के देखाउँछ भने नेकपामा भयंकर वैचारिक विचलन आएको छ ।

एकातिर माक्र्सवादी नेतृत्व पनि गरीबहरुकै दिन आउनेछ भनेर पँचायती व्यवस्था विरुद्ध लडिरह्यो । काँग्रेसले पनि वीपीको समाजवादी सपनाको दुकान चलाइरह्यो । विडम्वना छयालीसको आन्दोलनपछि अपार जनविश्वास जितेका काँग्रेसीहरुले न वीपीको समाजवादी बाटो अँगाले, नहिँडे समाजवादी बाटोमा । सांस्कृतिक रुपमा काँग्रेसीहरु पतनको बाटोमा लागे । जनताको सेवा दिइरहेका सार्वजानिक संस्थानहरु, विदेशी दाताहरुले खोलिदिएका उद्योगधन्दाहरु उदारीकरणको भद्दा नारा अँगाल्दै टाट उल्ट्याइदिए र बन्दै गराइदिए । माक्र्सवाद र लेनिनवादको चर्को सैद्धान्तिक गफ गर्ने एमालेहरु त्यसको सहयोगी बने । उनीहरु कतै पनि कुनै सँस्थानका अगाडि उभिएर हामी यो सरकारी सम्पत्ति बेच्न दिन्नाँै भनेको पाइएन । आन्दोलन गरेको देखिएन । ‘भाग शान्ति जय नेपालमै रमाए ।’

राष्ट्रघात, भ्रष्टाचार, कुशासनबाट आजित जनताहरुले एकजुट भएर समृद्ध नेपालको नारा लिएर भोट माग्न आएका एमाले–माओवादीलाई झण्डै दुईतिहाइ मत दिएर संसद्मा पठाए । शिक्षा, स्वास्थ्य, रोजगारी सबैलाई बराबरी होला भन्ने जनताको आशा थियो । त्यो त टाढैको कुरा भयो, डा. गोविन्द केसीसँग पटक–पटक सहमति गरेर पनि यो सरकारले उनको माग पूरा गरेन । समाजवादको बाटोमा हिँडेको सरकार बाटोमै अल्मलियो । गोविन्द केसीभन्दा दुर्गा प्रसाईँ प्यारो लाग्यो । कर्णालीमा एमबीबीएस कक्षा सुरु गर्न भन्दा झापाको प्रसाईंको अस्पताललाई एमबीबीएस कक्षा सञ्चालन गर्न दिन सरकार हतारियो, यसले के देखाउँछ भने नेकपामा भयंकर वैचारिक विचलन आएको छ । अझ कोरोनाको बेला निजी विद्यालयहरुको मातहतमा सरकारी विद्यालयहरुले काम काज गर्न भनेर आदेश दिने हर्कत सम्म यो सरकारले गर्न भ्यायो ।

संक्षेपमा यो सम्पूर्णतामा सांस्कृतिक विचलनको नमूना हो । चुनावताका पैसाको खोलो बगाएर चुनाव जित्ने । अनि चुनाव जितेपछि त्यही पैसा उठाउनको लागि विभिन्न सरकारी निकायहरुसँग मिलेर ठेक्का हात पार्ने र भ्रष्टाचार गर्ने कम्युनिष्ट नेता, कार्यकर्ताहरुको चरित्र र व्यवहार फेरिनु पर्छ । सिंगो र सबै कम्युनिष्ट नेतृत्व, कार्यकर्तापंक्ति नै यस्तै छ भन्ने होइन, तर पकड र निर्णायक बहुमत यिनैहरुको छ । अब महाधिवेशनलाई लक्ष्य बनाएर पार्टीभित्र सांस्कृतिक क्रान्तिको लागि आन्दोलन भएन भने जनताबाट सोझै तिरस्कृत हुनुबाहेक अर्को उपाय छैन ।

तक्मा प्रकरणमा देखिएका दुई नम्बरी अनुहारहरुले सत्ताधारीहरुको असली अनुहार उदांगो पारिदिएको छ । सांस्कृतिक विचलनबाट पार्टीलाई बचाउने हो भने असल काम गर्ने नेता, कार्यकर्ता, जनता पुरस्कृत हुने र खराब काम गर्ने चाकडीबाजहरुलाई तक्मा पाउने अवसरबाट टाढा राखिनुपर्ने हो । तर यहाँ उल्टो देखिएको छ । सांस्कृतिक विचलनले सतहमा देखिने यी चरित्रहरुले सिंगो सरकारको बाटोलाई समेत संकेत गरिरहेका हुन्छन् ।

निर्मला पन्तको क्रन्दन र चित्कार नसेलाउँदै अपराधी समात्ने सम्भाव्य अवसर हुँदाहुँदै लापरवाही गरेर दण्डितसमेत भएका निवृत्त कर्मचारीलाई तक्मा झुण्ड्याइदिएर, सत्ताको नांगो चाकडी र दलाली गर्नेहरुलाई खुशी पारेर समाजमा उत्साह होइन, आक्रोश मात्रै फैलिन्छ । पञ्चायती शैलीकै निरन्तरता हो भने जनताका छोराहरुलाई शहीद बनाएर किन व्यवस्था फेर्नुपरेको हो ? भनेर जनताले सोधेको बेला हिजोका क्रान्तिकारी नेताहरुले के जवाफ देलान् ? प्रश्न यहाँनेर छ ।

प्रतिक्रिया दिनुहोस्