Logo
Logo

संविधान संशोधनको माग गर्दै जसपा नेपालद्वारा आन्दोलनका कार्यक्रम घोषणा


1.4k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनको माग गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको छ । साथै, संविधान संशोधनसहितको माग राखी प्रधानमन्त्री सुशीला कार्कीलाई २८ बुँदे माग बुझाउने तयारी गरेको सो पार्टीका महासचिव रामकुमार शर्माले बताए ।

उनका अनुसार मंसिर १० गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको छ । दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले संगठन सुदृढ, चुनाव र सङ्घर्षका कार्यक्रम तय गरेको उनले बताए ।

उनले मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजार क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन गर्नुका साथै मंसिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम रहेको बताए ।
त्यस्तै, मंसिर २७ देखि पुस ४ सम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा तथा प्रदेशस्तरीय विरोध सभाका कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।

यस्तै, पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, पुस १७ गते नेपालगन्ज र भैरहवाका लागि कार्यक्रम तय सो पार्टीले जनाएको छ । प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समावेशी संसद्, स्वायत्त अधिकार सम्पन्न प्रदेश, समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, राज्यको पुनर्संरचना लगायतका विषय संविधानमा संशोधन हुनुपर्ने माग आफूहरूले राखेको महासचिव शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्