काठमाडौं । नेकपा एमालेले भृकुटीमण्डपमा शनिबार बृहत् जनसभा आयोजना गरेको छ । प्रदर्शनीमार्गमा बागमती प्रदेश कमिटीले कार्यक्रम आयोजना गरेको हो ।

प्रदर्शनमा सहभागी हुन पुगेका मान्छेको संख्या बाक्लो हुँदै गएपछि अहिले सवारी चाप बढेको छ । सो क्षेत्रको ट्राफिक व्यवस्थापन अहिले अस्तव्यस्त बनेको छ । सो कार्यक्रमका कारण काठमाडौंको प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी साधन डाइभर्सन गरिएको छ ।
उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदय मोड र सभागृह मोडबाट डाइभर्सन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिए ।
त्यस्तै, टुँडिखेल वरिपरि ¥याली भइरहेकाले त्यहाँ चल्ने सवारी साधनको आवागमनमा केही प्रभाव पर्नसक्ने भएकाले सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न अनुरोध गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार भीड व्यवस्थापन, सुरक्षा तथा सहज आवागमनका लागि अस्थायी रूपमा मार्ग परिवर्तन गरिएको हो ।











