काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले जेनजी पुस्ताका व्यक्तिहरूलाई पार्टीमा स्वागत गरेका छन् । वाईसीएल नेपाल, केन्द्रीय समितिले शनिवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ र नुवाकोट लगायतका विभिन्न जिल्लाका जेनजी युवाहरू पार्टी प्रवेश गरेका हुन् ।

उनीहरूलाई प्रचण्डले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।











