Logo
Logo

ओलीले प्रधानमन्त्रीलाई सोधे-दुर्गा प्रसाईंले निकालेको क्यासेट के हो ?


1.2k
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सार्वजनिक गरेको अडियो टेपको सत्य तथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

The current image has no alternative text. The file name is: pm-duga-oli.jpg

शनिवार काठमाडौंमा आयोजित एमाले जनप्रदर्शनलाई सम्बोधन गर्दै ओलीले भने, ‘दुर्गा प्रसाईँ को हुन्, मलाई थाहा छैन । तर उनले निकालेको क्यासेटबारे सरकारले नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ । प्रधानमन्त्रीले भन्नुपर्छ-त्यो क्यासेट साँचो हो कि होइन?’ओलीले अडियोमा सुनिएको आवाज पूर्वप्रधानन्यायाधीश तथा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीकै भएको दाबी गरे ।

उनले भने, ‘अडियोमा ‘हेलिकप्टर उडेपछि सेनाले नेताहरूलाई बचायो, किन बचाउने ?’ भन्ने आवाज सुशीला कार्कीकै हो । यो अत्यन्त गम्भीर विषय हो । देशको प्रधानमन्त्रीको कुर्सीमा बसेकी व्यक्तिले यस्तो कुरा कसरी भन्न सक्छिन्रु देश जलेको बेला तपाईँ कहाँ बस्नुहुन्थ्यो ? ‘नेताहरू किन बचाउने?’ भनेर मानिस मराउनुपर्ने जस्तो अभिव्यक्ति दिनु कति खतरनाक छ ।’कडा शब्दमा आलोचना गर्दै ओलीले भने, ‘कस्ता-कस्ता मान्छे प्रधानन्यायाधीश भएछन्, अनि तिनै आज प्रधानमन्त्री बनेकी छिन् । कठै, यो देशको हालत !’

ओलीले प्रधानमन्त्री कार्कीलाई चुनौती दिँदै भने, ‘त्यही व्यक्ति आज प्रधानमन्त्री हुनुहुन्छ । यो अडियो के हो, सत्य हो कि होइन, जनतासामु स्पष्ट जवाफ दिनुस् । देशले जवाफ मागिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्