Logo
Logo

एमालेले बोलायो सातै प्रदेश र ७७ जिल्ला कमिटीको भर्चुअल बैठक


1.6k
Shares

काठमाडौं । नेकपा एमालेले आज सबै प्रदेश र देशका ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ । आज दिउँसो २ बजे हुने बैठकलाई महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यलयबाट सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार पार्टीको ठूलो समूहलाई एकैपटक ११औं महाधिवेशनको सन्देश प्रवाह गर्न भर्चुअल बैठक गर्न लागिएको हो । उनले भने, ‘११ औँ महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पुर्याउन आजको बैठक आयोजना गरिएको हो । महाधिवेशनले चुनेको नेतृत्व, यसको कार्यभार, वर्तमान राजनीतिक अवस्था आदिका बारेमा महासचिव कमरेडले प्रष्ट पार्नुहुनेछ ।’

जिल्ला कमिटीमा पदाधिकारीदेखि सचिवालय सदस्यसम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्