काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता वितरणका लागि सहजीकरण भन्दै ४ बुँदे निर्देशन दिएका छन् ।

मङ्गलवार साँझ सबै जिल्लालाई सम्बोधन गर्दै उनले ४ बुँदे निर्देशन दिएका हुन् ।
‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोहीअनुसार मापदण्ड समेत पठाइसकेको’ परिपत्रमा उल्लेख छ ।
पत्र:













