Logo
Logo

सरकारले आज रास्वपा, राप्रपा र जनमतको कार्यालय अनुगमन गर्दै


378
Shares

काठमाडौं । सरकारी टोलीले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै छ ।

हिजो कांग्रेस, एमाले र नेकपाको केन्द्रीय कार्यालय अनुगमन गरेको समितिले आज बिहान ११ बजे जनमत, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालय अनुगमन गर्ने गर्ने भएको हो । कार्यालय अनुमगनमा क्रममा समितिले ती पार्टीका नेताहरुसँग छलफल पनि गर्नेछ ।

सो समितिले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बनाउनका लागि दलका नेताहरुसँग भेटघाट तथा छलफल गर्दै आएको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र सम्वादलाई तीब्रता दिएर दलहरुकै कार्यालयमा पुगेर वार्ता गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्