Logo
Logo

सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)


378
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले माघ ११ गते हुने निर्वाचनलाई लक्षित गर्दै सात जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।

नियुक्त निर्वाचन अधिकृतहरू पुस १५ गतेदेखि लागू हुने गरी जिम्मेवारीमा खटिने आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार नियुक्त निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्