Logo
Logo

अब दुई दिनभित्रै राहदानी पाइने


693
Shares

काठमाडौैं । अब दुई कार्यदिनभित्र राहदानी (पासपोर्ट) पाइने भएको छ । राहदानी विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जानकारी दिएको हो ।

कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको विभागले जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ।

विभागले हाल पूर्ण क्षमतामा राहदानी आपूर्ति गराइरहेको जनाएको छ । राहदानी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ ।

गत मंसिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्