Logo
Logo

युवा पुस्तालाई बेवास्ता गरेर अघि बढ्न सकिँदैन : गृहमन्त्री


441
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शासन व्यवस्थालाई वैधानिकता प्रदान गर्न र लोकतन्त्रको रक्षा गर्न निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।

बुधबार सुर्खेतको वीरेन्द्रनगरमा गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सरकार तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न दृढ रहेको बताए ।

जेन–जी जनआन्दोलनको स्मरण गर्दै गृहमन्त्री अर्यालले नयाँ पुस्तालाई ‘बाइपास’ गरेर र उनीहरूका जायज मागलाई बेवास्ता गरेर अगाडी बढ्न नसकिने बताए ।

‘सुशासन दिन सकिएन भने विद्रोहको अवस्था सिर्जना हुने रहेछ भन्ने कुरा जेन–जी आन्दोलनले पुष्टि गरेको छ । अब युवा पुस्तालाई ‘बाइपास’ गरेर र उनीहरूका जायज मागलाई बेवास्ता गरेर अघि बढ्न सकिँदैन,’ उनले भने ।

आवधिक निर्वाचन नै सुशासनको आधार भएको उल्लेख गर्दै ताजा जनादेश प्राप्त सरकारले मात्र बलियो गरी काम गर्न सक्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्