Logo
Logo

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण


315
Shares

इलाम । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।

The current image has no alternative text. The file name is: lalpurja.jpg

जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ । परिवारलाई ५९३ कित्ताको जग्गा धनी प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरण तथा दर्ताबाट रु एक करोड ८६ लाख ३१ हजार ४९५ राजस्व सङ्कलन भएको आयोगले जनाएको छ ।

यसैगरी, ७३८ परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले बताउनुभयो । पालिकासँगको समन्वय र सहकार्यमा जिल्लाभर कुल २० हजार १७४ निवेदन सङ्कलन गरिएको थियो । भूमिहीन दलिततर्फ २४८, भूमिहीन सुकुम्वासीतर्फ ८५७ र अव्यवस्थित बसोबासीतर्फ १८ हजार ९१० निवेदन परेका थिए । तीमध्ये एक हजार ९२६ निवेदन प्रमाणीकरण प्रक्रियामा  छन् ।

प्रतिक्रिया दिनुहोस्