Logo
Logo

प्राविधिक समस्याले पेसी सार्वजनिकमा ढिलाइ


378
Shares

काठमाडौं । सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण पेसी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ ।

The current image has no alternative text. The file name is: supreme-court-of-nepal1542214610-1.jpg

संवैधानिक परिषद्को सिफारिसका विषयलाई लिएर पेसी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए । उनले भने, ‘समयमै पेसी तोकिएको हो, सूचना प्रविधिमा आएको प्राविधिक समस्याले ढिलाइ भएको हो ।’

प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेसी करिब दुई घण्टा ढिला गरी मात्रै सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्