Logo
Logo

मनसुन २०८३ मा कम वर्षा र उच्च तापक्रमको सम्भावना


315
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन २०८३ मा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

The current image has no alternative text. The file name is: monsoon.jpg

विभागका अनुसार कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका अधिकांश क्षेत्र, मधेशका पूर्वी भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।

मौसमविद सुदर्शन हुमागाईं का अनुसार आगामी मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने अनुमान गरिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशीका केही क्षेत्रमा तापक्रम उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ।

विभागले यो प्रक्षेपण विश्व मौसम संगठन, दक्षिण एसियाली जलवायु फोरम (सास्कोफ), एल निनो-एन्सो तथा हिन्द महासागरको आईओडी अवस्थाको विश्लेषणका आधारमा तयार गरिएको जनाएको छ। यो अनुमान आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको अवधिका लागि गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्