Logo
Logo

बलिउड अभिनेत्री शिल्पा शेट्टीद्वारा पशुपतिनाथमा पूजा, आराधना


0
Shares

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा, आराधना एवं दर्शन गरेकी छन् । साउन महिनाको शनिवार पारेर अभिनेत्री शेट्टीले आज बिहान रु दुई हजार १०० दरका नौ वटा रसिद काटेर पञ्चामृत पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषका पुरातत्त्व अधिकृत सुशीलकुमार गौतमले जानकारी दिए ।

The current image has no alternative text. The file name is: silpa.jpg

अभिनेत्री शेट्टी दर्शनार्थीका रूपमा आज बिहान पशुपतिनाथ दर्शन एवं पूजा आराधनाका लागि प्रवेश गरेकी उनले बताए । “साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरका वैदिक सनातन हिन्दु धर्मावलम्बी पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने गर्छन् । त्यसमध्ये भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन्”, उनले भनिनन्। भारतबाट साउनमा विशिष्ट व्यक्तित्व पनि पशुपतिनाथमा दर्शनका साथै पूजा, आराधना गर्न आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्