Logo
Logo

‘रागिनी उपाध्याय स्वर्ण पदक २०२६’ नैन्सी विश्वकर्मालाई  


0
Shares

काठमाडौं । भारतको लखनउ विश्वविद्यालयद्वारा स्थापित ‘रागिनी उपाध्याय स्वर्ण पदक २०२६’ युवा कलाकार नैन्सी विश्वकर्मा लाई प्रदान गरिएको छ । यो स्वर्ण पदक २०२६ जुलाई ३१ गते लखनउ विश्वविद्यालयको दीक्षान्त समारोहमा कलेज अफ आर्ट्स एण्ड क्राफ्ट्स, लखनउमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेबापत प्रदान गरिएको हो ।

The current image has no alternative text. The file name is: nainsi.jpg

स्वर्ण पदकको स्थापना २०२५ मा कला क्षेत्रमा उत्कृष्टता हासिल गर्ने युवा प्रतिभाहरूलाई सम्मानित गर्दै आगामी पुस्ताका कलाकारहरूलाई सिर्जनात्मकता, समर्पण र उत्कृष्टताको मार्गमा प्रेरित गर्ने उद्देश्यले लखनउ विश्वविद्यालयबाट गरिएको थियो ।

रागिनी उपाध्यायले यो पदकले आगामी धेरै दशकसम्म युवा कलाकारहरूलाई आफ्नो सपना पछ्याउन र कला साधनामा निरन्तर अघि बढ्न प्रेरित गरिरहने बताइन् । उपाध्यायले नैन्सी विश्वकर्मालाई यस ऐतिहासिक उपलब्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । उनले भनेकी छन्, “तपाईँको मेहनत, लगन, अनुशासन र कलाप्रतिको समर्पणले तपाईँलाई यो सम्मान दिलाएको हो । तपाईँको सिर्जनात्मक यात्रा अझ उज्ज्वल, सफल र प्रेरणादायी बनोस् ।” उपाध्यायले प्रत्येक महान् कलाकारको यात्रा एउटा साहसी सपनाबाट नै सुरु हुने बताएकी छन् । 

प्रतिक्रिया दिनुहोस्