काठमाडौं । अण्डाको मुल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार अण्डाको मूल्य शुक्रबारदेखि लागु हुने गरि बढेको हो ।

संघका सचिव मदन पोखरेलका अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ । यस अघि साउन २६ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० तोकिएको थियो । त्यस्तै ठूलो अण्डाको ५७५ रुपैयाँ तोकिएको छ । यसअघि ठुलो अण्डाको मुल्य ५४५ रहेको थियो । त्यस्तै, मिडियम अण्डाको मुल्य ५०० बाट ५२० रुपैयाँ पुगेको छ । त्यसैगरी, सानो अण्डाको मूल्य ४४८ रुपैयाँ पुगेको छ ।
बजारमा चल्लाको अभाव र ह्याचरी उद्योगहरू बन्द हुँदा अण्डाको मुल्य बढेको हो ।















