Logo
Logo

नेपाल-भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने


0
Shares

काठमाडौं । नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराधसम्बन्धी सूचना नियमितरूपमा आदानप्रदान गर्न सहमति जनाएका छन् । 

The current image has no alternative text. The file name is: Nepal-India.gif

महोत्तरीको सदरमुकाम जलेश्वरमा शनिवार सम्पन्न नेपाल-भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हातहतियार तथा लागुऔषध ओसारपसार, मानव तस्करीलगायत सीमा अपराध नियन्त्रण एवं रोकथाम, सीमा स्तम्भको सुरक्षा तथा मर्मतसम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलले बताए । 

दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई विस्तारका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटनासम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने विषयमा सहमति भएको उनले जानकारी दिए । बैठक पारस्परिक समन्वय र सहकार्यमा बैठक केन्द्रित रहेको उनको भनाइ रहेको छ । 

बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानिया र सीतामढीका प्रहरी उपरीक्षक अमित रञ्जनसहित सुरक्षा अधिकारीको सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्