काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिवार मुस्ताङ गएका थिए ।

शनिवार अपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । प्रधानमन्त्री शाह जोमसोम-बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।















