Logo
Logo

एकै पटक ८४ नायव सुब्बाको सरुवा


0
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो सङ्ख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ । मन्त्रालयले शुक्रवार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका नायव सुब्बा तहका ८४ जना कर्मचारीहरूको सरुवा गरेको हो ।

The current image has no alternative text. The file name is: sanghiya.jpg

मन्त्रालयले दुई छुट्टाछुट्टै निर्णयका आधारमा ८४ सुब्बाहरूको सरुवा गरेको हो । कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूमा सरुवा गरिएको छ ।

पहिलो सूचीमा ४५ जना र दोस्रो सूचीमा ३९ जना गरी कुल ८४ जना सुब्बाहरू सरुवा गरिएको हो । सरुवा हुनेहरूमा विभिन्न जिल्लाका मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विभिन्न मन्त्रालयमा कार्यरत छन् । सरुवा भएका कर्मचारीहरूलाई तत्कालै तोकिएको कार्यालयमा हाजिर हुन समेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्