Logo
Logo

जेनजी आन्दोलन विदेशी जासुसी विद्रोह थियो : रवीन्द्र मिश्र


0
Shares

काठमाडौं । राप्रपा नेता रवीन्द्र मिश्रले आफूले सोच्दै आएको भदौ २३ र २४ को धारणा फेरिएको बताएका छन् । विगतमा भदौ २३ लाई जेनजी विद्रोह र भदौ २४ लाई घुसपैठ मानेको भन्दै मिश्रले अहिले आफुनो धारण फेरीएको बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा देखेका छौँ, ‘मैले भदौ २३  र २४ को घटनालाई संसारकै एउटा सबैभन्दा सफल ‘विदेशी जासुरी विद्रोह’को संज्ञा दिने निर्णय गरेको छु ।’

The current image has no alternative text. The file name is: rabindra.jpg

‘यस्तो विद्रोह जसमा हालसम्म अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्थाहरूले निर्दोष नेपाली युवाहरू (जेनजी) को पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई, उनीहरूले थाहै नपाउने गरी प्रयोग गरे, र संसारमैँ सबैभन्दा सफलमध्येको जासुसी विद्रोह सम्पन्न गरे’, मिश्रको दाबी छ ।

भविष्यमा यसबारेमा कुनै हलिउडको जासुसी सिनेमा बन्ने पनि मिश्रले अनुमान  गरेका छन् । यस्ता विद्रोहमा युवाहरूले आफूले गरेको जस्तो ठान्ने तर वास्तवमा गर्ने शक्ति चाहिँ अरू नै हुने पनि मिश्रले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्