Logo
Logo

डेढ महिनादेखि तातोपानी नाका बन्द, माल बाहक ट्रकहरू अलपत्र


0
Shares

काठमाडौं । चीनतर्फको नेपालको दोस्रो प्रमुख व्यापारिक नाका करिब साढे एक महिनादेखि ठप्प हुँदा चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अलपत्र पर्दा व्यवसायीहरू मर्कामा परेका छन् । 

The current image has no alternative text. The file name is: tatatatat.jpg

नेपालतर्फ सुख्खा भन्सार बिन्दुसम्म आइपुगेका कन्टेनरहरू करिब साढे तीन सातामा एउटा पहिरोको अवरोध खुलाइएपछि नेपालतर्फ ल्याइएका थिए । डाक्लाङको पहिरोमा परेको बाटो खुलाएपछि भन्सार पास गराएर बसेका ट्रकहरू निस्कन पाए पनि भन्सार र नाकाबिचको इको र लिपिङ भन्ने ठाउँका पहिरोका अवरोध कायमै रहेको छ ।

यो सडक बन्नलाई अझै समय लाग्ने देखिएको छ ।  अहिले नेपाल र चीन दुवैतर्फ ‘न अघि, न पछि’ जान मिल्ने अवस्थामा माल भरिएका गाडीहरू अलपत्र परेका छन् । चीनतर्फ भन्सार गराइसकिएका ८५ वटा जति गाडी अड्किएका छन् । 

नाका ठप्प भएको महिना दिन बित्दा पनि बाटो नपाएपछी व्यवसायीहरू मारमा परेका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्र प्रकाश गिरीले नेपाल भित्रिएर पनि सुख्खा भन्सार पुग्न नसकेका कैयौँ ट्रकहरू विभिन्न पहिरोबीचमा फसेर ढुङ्गा खसिरहने अवस्थामाझ अड्किएको बताएका छन् ।

सामान्यत: तातोपानी सहितका उत्तरी नाका चल्दा दुईदेखि तीन साताभित्रै चीनको जुनसुकै ठाउँबाट काठमाडौं सामान भित्र्याउने अवस्था रहन्छ । अन्यथा समुद्री मार्ग हुँदै भारतबाट ल्याउँदा डेढ महिनासम्मको  समय लाग्छ ।

नेपालका लागि तातोपानी त ल्हासा र ग्वान्जाओ मात्र होइन चीनको जुनसुकै ठाउँबाट नेपाल सामान ल्याउनका लागि सबैभन्दा नजिकको नाका हो । तर, अहिले सबैभन्दा कठिन बाटो यही नाका बनेको छ । विसं २०७२ मा भूकम्पले क्षति पु¥याएर लामो समय रोकिएर पुनस् सुरु भए तापनि तातोपानी नाका अझै पहिलेको स्वरूपमा फर्कन सकेको छैन ।

तातोपानी नाकाबाट चिनियाँ स्याउ, आँप, लसुन, अङ्गुरजस्ता फलफूल तथा तरकारी धेरै आउँछन् । त्यसबाहेक तयारी पोसाक र इलेक्ट्रोनिक्स सामान समेत उक्त नाकाबाट भित्रन्छन् । आर्थिक वर्ष २०८२/८३ मा करिब १७ अर्ब ६७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको तातोपानी भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि २५ अर्ब राजस्व सङ्कलनको लक्ष्य राखेको छ 

प्रतिक्रिया दिनुहोस्