Logo
Logo

रवि लामिछानेको चीन भ्रमण स्थगित


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । यहि भदौ दोस्रो साता हुने भनिएको लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित गरिएको हो ।

लामिछानेले पत्नी निकिता पौड्यालसहित ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने र बोइजिङपछि तिब्बतको कैलाश मानसरोवरसम्म जाने तालिका तय गरिएको थियो ।

चीनका राष्ट्रपति सी चिनफिङसँग भेट नहुने र देशभित्रकै परिस्थिति पनि केही फेरिएको अवस्थामा लामिछानेले तत्कालका लागि भ्रमण स्थगिन गरेको बताइन्छ ।

भदौका लागि तय भएको भ्रमण स्थगन भए पनि उनी असोजमा चीन जान सक्ने सम्भावनाचाहिँ छ । तर अहिलेसम्म नयाँ मिति तय नभएको उच्च स्रोतले जानकारी दियो । यससँगै अब सांसदहरुको टोली मात्र चीन जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्