Logo
Logo

जब सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भयो …


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । आज ( सोमबार ) अपराह्न विद्यतु सट भएर अपार्टमेन्टमा आगलागी भएको हो । सेना, सशस्त्र, प्रहरी, रेडक्रसको टोली र स्थानीयवासीको प्रयासमा करिव डेढ घण्टाको प्रयासमा आगो निभाइएको थियो । आगो निभाउन पाँचवटा दमकलको प्रयोग गरिएको थियो भने आगोको भिल्का १३ तलासम्मै पुगेको थियो ।

आगलागी भएको सोल्टी सिटी अपार्टमेन्ट

आगो निभाउन पुगेका दमकल र सेना

अर्पाटमेन्टमा रहेका रहेका सुत्केरी, बच्चाका साथै १६ जनाको उद्दार गरिएको थियो । आगलागी हुँदा केही समय अपार्टमेन्ट क्षेत्रमा त्रास सिर्जना भएको थियो । अपार्टमेन्टमा रहेका मानिसहरु बाहिर निस्किएका थिए ।

आगलागीपछि भागदौड हुँदा घाइते भएकाको उपचार गरिँदै

आगलागीका क्रममा भएको भागढौडमा तीनजना घाइते भएका छन् भने क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्