Logo
Logo

केपी ओलीसँग ‘साइबर स्याल’ मात्र छन्ः घनश्याम भुसाल


- दृष्टि न्युज/संवाददाता

2.5k
Shares

काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शार्मा ओलीले ‘साइबर स्याल’ प्रयोग गरेको आरोप लगाएका छन् ।
नेकपाले काठमाडौंमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध गरेको विरोध प्रर्दसनलाई सम्बोधन गर्दै भुसालले प्रधानमन्त्री ओलीसँग अब साइबर स्यालहरु मात्र बाँकी रहेको आरोप लगाएका हुन । उनले भने ‘कमरेड ओली अब तपाईसँग तपाईले बनाको साइबर सेना नामको साइबर स्यालहरु मात्र बाँकी छन् । तपाईले तिनै स्यालहरुको नेतृत्व गर्दै हुनुहुन्छ । र, दुनियाँका अगाडी ताण्डव नाच नाच्दै हुनुहन्छ ।’ उनले थपे ‘तपाई जोकर बन्नु भयो । विदूषणको भूमिका निर्वाह गर्दै हुनुहुन्छ । त्यो साइबर स्यालहरुको नेताको रुपमा आफूलाई अगाडी बढाउनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुषाले अहिलेको आन्दोलनले ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्