Logo
Logo

प्रधानमन्त्री केपी ओली महानरसंहारकारी हुन्ः अध्यक्ष नेपाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष मावधकुरामा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘महानरसंहारकारी’को संज्ञा दिएका छन् ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध नेकपाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई ‘महानरसंहारकारी’ भनेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– ‘घरमा झगडा भयो घरमै आलो लगाइदिने, पार्टीमा समस्या भयो पार्टी नै सिध्याइदिने, प्रतिनिधिसभामा अप्ठ्यारो भयो प्रतिनिधिसभा नै सिध्याइदिने, उहाँ नरसंहारकारी मात्र होइन महानरसंहारकारी हो ।’


कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरेको गरेका समेत आरोप लगाए ।  अध्यक्ष नेपालले भने– ‘ओलीको कदम असंवैधानिक हो । अझ भनौ, संवैधानिक ‘कू’ नै हो ।

अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गरेर ओली हिटलरको बाटोमा हिँडेको समेत आरोप लगाए । उनले ओलीको तानाशाह र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्नुपरिरहेको भन्दै ओलीको तानाशाही कदम नेपाली जनताले परास्त गरेरै छोड्ने बताए । अध्यक्ष नेपालले ओलीसँग आफ्नो नेतृत्वको नेकपा कुनै हालतमा नझुक्ने बताउँदै अहिलेसम्मको विरोध प्रदर्शन कास्टिङमात्रै भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्