Logo
Logo

प्रधानमन्त्रीले संघीयता विघटन गर्ने कदम चालेको प्रचण्डको आरोप


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भए सम्पूर्ण उपलब्धि संकटमा पर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध काठमाडौंमा नेकपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा मात्र नभई शान्ति प्रक्रिया र संघीयता नै विघटन गर्न खोजेको समेत अध्यक्ष प्रचण्डको धारणा रहेको छ । उनले भने ‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीयता नै विघटन गर्न खोजेका छन्’ ‘खबरदार त्यस्ता कदमलाई यो जनसागरले पराजित गर्नेछ।’

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रकेका कारण ६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र वुद्धिजीवि वर्गले त्यसको विरोध गरिरहेको अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्