काठमाडौं । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज गरेको छ ।
मंगलबार बसेको आयोगको पदाधिकारी बैठकले ओली–प्रचण्डको नाममा रहेको नेकपा खारेज गरेको हो ।
सर्वोच्चको फैसला अनुसार आयोगले नेकपालाई खारेज गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।












