काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे विपक्षमा भएका दुबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।
‘नेकपा एमालेसँग आवश्यकताअनुसार वार्ता गर्छौं’ नेता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे कुनै निर्णय भएको छैन ।
उनका अनुसार बुधबार दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने छ । आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिए।












