Logo
Logo

एपेक्स बैंकको ठगीः ठेकदार भेटवाल पक्राउ, कांग्रेस नेता पनि पक्राउ पर्ने


दृष्टि संवाददाता


काठमाडौं, २५ फागुन ।
एपेन्स बैंकमा भएको कर्जा घोटालमा ठेकदार मनोज भेटवाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बयानमा बोलाएर थुनामा राखेको हो ।


धितोको वास्तविक मूल्याङकनभन्दा धेरै कर्जा लिएको आरोपमा उनीविरुद्ध यसअघि सिआइबीले मुद्दा दायर गरिसकेको छ । जसमा कांग्रेस नेता विष्णु धिताल समेत प्रतिवादी छन् । धिताल अख्तियारको मुद्दामा पनि छानबिनमा छन् ।

भेटवालविरुद्ध यसअघि राजश्व छलीको मुद्दा समेत दायर भइसकेको छ । उनको कम्पनीले पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर बनाउने ठेक्का पाएकोमा समयभित्र काम गर्न सकेको छैन ।
खुलामञ्च कब्जा गरेर समेत उनले सटर बनाई भाडामा लगाएर ठगी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्