Logo
Logo

नेकपा एमाले नेतृत्वको सरकार पाँच वर्षसम्म चल्छ : लालबाबु पण्डित


दृष्टि संवाददाता

4.8k
Shares

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने बताएका छन् ।

मंगलबार राजधानीमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो सरकार पाँच वर्ष चल्ने र प्रतिनिधिसभाको कार्यकालभरि अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार नबन्ने बताए ।

उनले पार्टीको नेतृत्व पँक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्ने बताए ।

त्यस्तै अब एमालेका नेतृत्वहरुले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउनेबाहेक अन्य क्रियाकलापहरु नगर्ने पनि बतए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमलगायतका नेताहरुले अब नेकपा एमालेलाई बलियो बनाउने उनको भनाइ छ ।

उनले सरकारलाई बलियो बनाउने बाहेकको अन्य कुनै पनि गतिविधि वा क्रियाकलाप पार्टीभित्र नहुने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्