Logo
Logo

गोपाल किरातीकाे ‘माओवादी केन्द्र’ र सन्ध्या तिवारीको ‘एमाले’ खोसियो


दृष्टि संवाददाता


काठमाडौं । निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले खाेसिएकाे छ ।

साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि पछि दर्ता भएका किराती र तिवारीको पार्टीकाे नाम खाेसिएकाे हाे ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रको हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादीको हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न भनेको छ ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निकालेको विज्ञप्तिमा सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम मात्रै सुधार गर्न भनिएको छ । उक्त पार्टीले पहाडबाट उदाउँदै गरेको सूर्य चिन्ह लिएको थियो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन्। ती पार्टी ब्युँतिएपछि उक्त नाममा आयोगमा यसअघि दर्ता भएका किराँती र तिवारी नेतृत्वको पार्टीको नाम सुधार गर्न आयोगले भनेको हो।

 

प्रतिक्रिया दिनुहोस्