Logo
Logo

संवैधानिक परिषद सम्बन्धी अध्यादेशविरुद्ध सूचना दर्ता


दृष्टि संवाददाता


काठमाडौँ । संघीय संसद सचिवालयमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध विरोधमा सूचना दर्ता गरिएको छ ।

प्रतिनिधिसभामा दर्ता भइसकेको अध्यादेशविरुद्ध नेकपा एमाले बाहेकका दलले मंगलबार विरोधको सूचना दर्ता गराएका हुन् ।

अध्यादेशविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विरोधको सूचना दाय गरेको सचिवालयले जनाएको छ ।

पुन:स्थापनापछि फागुन २३ गते बसेको संसद बैठकमा सभामुखले सांसदको विरोधका बीच अध्यादेश टेबुल गराएका थिए । त्यसको विरोधमा कांग्रेसले रोष्टम घेरेर नाराबाजी गरेको थियो भने प्रचण्ड–माधवतिरका सांसदले बहिष्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्