Logo
Logo

देउवा भेट्न प्रचण्ड बुढानिलकण्ठ, नयाँ सरकार बनाउन प्रस्ताव गर्ने


दृष्टि संवाददाता


काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवा निवास बूढानीलकण्ड पुगेका छन् ।

पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकलगत्तै प्रचण्ड देउवासँग भेटघाट गर्न पुगेका हुन् । माओवादी स्थायी कमिटी बैठकले सत्ता समीकरणका लागि कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो । बैठकले कांग्रेसलाई देउवाकै नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गर्ने समेत आन्तरिक छलफल भएको बुझिएको छ ।

यता, कांग्रेस भने अझै पनि अनिर्णित रहँदै आएको छ । सर्वोच्चको फैसला आउनु भन्दा अगाडी देउवा प्रचण्डसँग लागेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने मुडामा पुगेका थिए ।

तर, एकाएक फैसला आएसँगै देउवा केही हच्किएका छन् । यद्यपी, ओलीलाई सरकारबाट बाहिराउनका लागि कांग्रेसको सहकार्य आवश्यक पर्ने भएसँगै अध्यक्ष प्रचण्ड बुढानिलकण्ठ पुगेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्