Logo
Logo

ओली सरकार ढाल्न प्रचण्डको दौड, देउवा र भट्टराईको साथ लिन निवासमै भेट


दृष्टि संवाददाता


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि साविककै दल माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटीको बैठकपछि प्रचण्डले भट्टराईसँग भेट गरेका हुन् । मंगलबारको बैठकले सत्ता समीकरणको विषयमा कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो ।

सोही विषयमा छलफल गर्न भट्टराईलाई प्रचण्डले भेटेका हुन् । समीकरणको विषयमा छलफल गरिरहँदा उता एमालेले भने महन्थ ठाकुर र लक्ष्मणलाल कर्णसँग समीकरणको विषयमा कार्यदल बनाएर नै छलफल थालेको छ ।

छलफलमा एमालेले गठन गरेको कार्यदलले जसपालाई उपसभामुखको प्रस्ताव गरेको छ । यसअघि, प्रचण्डले बुढानिलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए । संसदमा आफूलाई साथ दिन पनि प्रचण्डले देउवालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्