Logo
Logo

प्रचण्डलाई छोडेर ओलीतिर गए पासाङ शेर्पा र टंक आङबोहाङ


दृष्टि संवाददाता


 

काठमाडौँ । साविकको नेकपामा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्यले माओवादी छोडेर एमालेमा समाहित भएका छन् ।
प्रदेश नम्बर १ का संसदीय दलका उपनेता समेत रहेका केन्द्रीय सदस्य टंक आङ्बोहाङ र पूर्व सांसद तथा केन्द्रीय सदस्य पासाङ शेर्पा एमालेलाई समर्थन गर्ने भन्दै नेकपा एमालेतिर लागेका हुन् ।

शेर्पाले प्रदेश १ का माओवादी केन्द्रका प्रमुख साबित्रीकुमार काफ्लेलाई भेटेर आफू एमालेमा लाग्ने औपचारिक जानकारी गराएका थिए । माओवादी केन्द्र ब्युँतिए पनि उनी अब त्यस पार्टीमा नफर्किने दुवैले निर्णय समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्