Logo
Logo

प्रहरी समायोजन समितिको संयोजकमा उपाध्याय


दृष्टि संवाददाता


काठमाडौं, २५ फागुन ।
सहसचिव घनश्याम उपाध्यायलाई प्रहरी समायोजन समितिको संयोजकको जिम्मेवारी दिइएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखका साथै उनलाई प्रहरी समायोजनको पनि जिम्मेवारी दिइएको हो ।


यसअघि महाशाखा प्रमुख रहेका थानेश्वर गौतमको कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि उपाध्यायलाई महाशाखाको जिम्मेवारी दिइएको हो । उनी यसअघि कर्णाली प्रदेशको आथिृक मामिला मन्त्रालयमा कार्यरत थिए ।

सहसचिव घनश्याम उपाध्याय

यसअघि चुनावको घोषणासँगै प्रहरी समायोजन स्थगित भएको थियो । चुनाव बदर भएसँर्गै प्रहरी समायोजन अघि बढाउन लागिएको हो । यसका लागि प्रहरी प्रधान कार्यालयले सबै कर्मचारीको विवरण तयार बनाइसकेको छ । सफ्टवेयर समेत तयार भएकाले छिट्टै निवेदन माग्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्