Logo
Logo

एमाले र माओवादी केन्द्र व्यूँतिएपछिको पहिलो संसद बैठक आज बस्दै


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । नेकपा एमाले र माओवादी केन्द्र औचापरिकरुपमै अलग–अलग भएपछि प्रतिनिधिसभाको यो बैठक पहिलो हो ।

 

यो बैठकमा एमाले र माओवादी केन्द्रको अलग–अलग स्थान हुनेछ । निर्वाचन आयोगले हिजै संघीय संसदमा पत्र पठाएकाले आजको बैठकमा एमाले र माओवादी केन्द्र दुई दलकोरुपमा प्रस्तुत हुनेछ ।

गत आइतबार सर्वोच्च अदालतले नेकपा बदर गर्दै पूर्ववत् अवस्थामा फर्काइदिएपछि एमाले र माओवादी केन्द्र पुनःस्थापित भएका हुन् । प्रतिनिधिसभाको आजको कार्यसूचीमा सात वटा अध्यादेश पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्