Logo
Logo

नयाँ सत्ता समिकरणबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । नयाँ सत्ता समिकरणबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको आज (बुधबार) पनि बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको बैठक पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित हुनेछ ।

बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समिकरण र पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भएको छलफलका बारेमा पनि व्रिफ्रिङ गर्ने बताइएको छ ।

हिजो (मंगलबार) बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थनबारे कुनै निष्कर्ष निकालेन । अर्को समिकरण नबनेसम्म माओवादी केन्द्र तत्काल समर्थन फिर्ता लिने पक्षमा छैन ।

प्रतिक्रिया दिनुहोस्