Logo
Logo

सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्षनेताहरुले सम्बोधन गर्ने


दृष्टि संवाददाता


काठमाडौं । गत आइतबार कार्याव्यवस्था परामर्श समितिको बैठक नबोलाएको भन्दै रुष्ट बनेका दलहरुसँग सभामुख अग्नि सापकोटाले परामर्श थालेका छन् ।

प्रतिनिधिसभाको आज (बुधबार)को बैठक सहजरुपमा सञ्चालन गर्न सभामुख सापकोटा अनौपचारिक छलफलमा जुटेको उनको निजी सचिवालयले जानकारी दिएको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी सहित दलका नेताहरुसँग उनले परामर्श गर्दै छन् ।

आजको बैठकमा चारै दलका प्रमुख नेताहरुलाई बोल्न समय छुट्याएर सहजै संसच सञ्चालन गर्ने सभामुखको तयारी रहेको छ । आजको कार्यसूचीमा केही अध्यादेश सहित दिवंगत सांसदहरुप्रति श्रद्धाञ्जली समावेश छ ।

यो गत आइतबारकै कार्यसूची हो । यसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश टेबल भइसकेकाले विवादको अवस्था रहेको छैन । गत आइतबार परामर्श नगरी कार्यसूची ल्याइएको भन्दै साबिकको नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक बहिष्कार गरेका थिए । त्यस्तै कांग्रेस र जनता समाजवादी पार्टीले रोष्ट्रम घेराउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्