Logo
Logo

गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस मनाईंदै


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस मनाईंदैछ । नेपालमा लोकतान्त्रिक आन्दोलनका हिमायती कोइरालाले राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदूर आन्दोलनको अगुवाइ गरेका थिए ।

२०४६ सालको जनआन्दोलनदेखि माओवादी हिंसात्मक द्वन्द्वलाई शान्तिप्रक्रियामा रुपान्तरण गर्न कोइरालाको योगदान महत्वपूर्ण छ । २०६२/६३ को जनआन्दोलन मार्फत संसद पुनःस्थापना गराउन, बृहत शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले अगुवाइ गरेका थिए ।

२०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गरेका थिए । २०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहे ।

शान्तिप्रक्रिया र संविधानसभाका सुत्रधार मानिएका कोइरालाको निधन २०६६ साल चैत ७ गते मण्डिखटारमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्