Logo
Logo

ओली गुटले बोलाएको बैठक अवैधानिकः झलनाथ खनाल


दृष्टि संवाददाता


काठमाडौं । पार्टी विधान विपरित बोलाइएको बैठकमा आफू उपस्थित नहुने एमाले वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओेलीले आज संसदीय दल र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

सो बैठक आफैंमा अवैध भएको भन्दै नेता खनालले कुनै गुटले बोलएको बैठकमा सहभागी नहुने विज्ञप्ती मार्फत जानकारी दिएकाछन् ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलालाई राजनीतिक फैसलाको रूपमा लिएका पनि आफूहरू उक्त फैसला मान्ने भन्दै विधानअनुसार पार्टी चल्नुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले फागुन २८ गते एकलौटी बैठक राखेर गरिएका निर्णयहरू पार्टी विधान विपरित छन् । यो निर्णय बदर नहुँदै फेरि संसदीय दलको बैठक राखेर बोर्ड गठन गरेको भन्ने सुनिएको भन्दै उनले गैरकानूनीरुपमा बोर्ड गठन किन गरियो भन्दै उनले प्रश्न गरेका छन् ।

उनले अहिलेसम्म आफूहरूलाई बैठक भनेर कुनै आधिकारिक खबर नआएको भन्दै यो बैठक पार्टीको नभएर एउटा गुट मात्रको भएको ठहर गरेका छन्। उनले यो बैठकका निर्णय पनि अमान्य हुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्