Logo
Logo

नेतृत्व चयनको एजेण्डा सहित झलनाथ–माधव पक्षीय युवा भेला आज


दृष्टि संवाददाता


काठमाडौं । नयाँ नेतृत्व चयन गर्ने भन्दै नेकपा झलनाथ–माधव समूहको युवा संघले आज राष्ट्रिय भेला आयोजना गर्दै छ । प्रदर्शनी मार्गमा विहान ११ बजे बोलाइएको भेलाका प्रमुख वक्ता वरिष्ठ नेता माधवकुमार नेपाल रहेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ मा विशेष केन्द्रीय कमिटी बैठक भन्दै पार्टी केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरेपछि पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको छ।

यससँगै झलनाथ–माधव पक्षले छुट्टै कार्यकर्ता भेलाहरू गर्दै आएका छन् । समानान्तर कमिटीको अभ्यासस्वरुप झलनाथ–माधव पक्षले सातै प्रदेश तथा विभिन्न विभागमा संयोजकहरू तोकेको छ।

भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले भेलाले पछिल्लो परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सृदृढिकरण गर्ने बताए ।सर्वोच्च अदालतको २३ फागुनको फैसलाले माउ पार्टी ब्युँतिएसँगै भातृ संगठनहरूलाई पनि २०७५ जेठ २ को अवस्थामा पुर्याएको सो पक्षको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्