Logo
Logo

विधान संशोधनका लागि एमाले संसदीय दलको बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले संसदीय दलको विधान संशोधन गर्ने तयारी गरिएको छ । अहिले प्रधानमन्त्री निवास वालुवाटारमा जारी संसदीय दलको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरिएको बताइएको छ ।

यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो । दलको बैठकपछि केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ ।

संसदीय दलको बैठक लगतै केन्द्रीय कमिटी बैठक बस्नेछ । एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्