बालुवाटार बैठकमा वामदेवको अर्थपूर्ण सहभागी « Drishti News – Nepalese News Portal
Logo

बालुवाटार बैठकमा वामदेवको अर्थपूर्ण सहभागी


दृष्टि संवाददाता


 

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतम पार्टीको बालुवाटार बैठकमा सहभागी भएका छन् । उनी भर्खरै बालुवाटार प्रवेश गरेका हुन् । नेता गौतम सहभागी भएपनि माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।
शनिबार पार्टीको संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । सोही बैठकमा गौतम सहभागी बालुवाटार पुगेका हुन् । पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेता गौतमले शुक्रबार नै सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । तर, पार्टीका माधव झलनाथ पक्षले अस्वीकार गरेका थिए । माधव–खनाल पक्ष बैठकमा सहभागी नभएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्