Logo
Logo

छुटे दुर्गाप्रसाद : सुनुवाइविनै भारतीय जेलमा  ४० वर्ष 


दृष्टि संवाददाता


काठमाडौं । इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षमा जेलबाट छुटेका छन् । कुनै सुनुवाइविना उनी भारतीय जेलमा बसेका थिए । दुर्गाप्रसाद शनिबार जेलमुक्त भएका हुन् । उनका दाजु प्रकाशचन्द्रले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन् ।
कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाले तिम्सिना थुनामुक्त भएको जनाएका छन् । उनका अनुसार दुर्गाप्रसादलाई आजै स्थलमार्ग हुँदै फर्किँदैछन् ।
उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ उनलाई छाड्न आदेश दिएको थियो ।
अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो । प्रकाश शुक्रबारै कोलकाता पुगेपनि कानुनी प्रक्रिया पूरा नहुँदा शनिबारमात्रै दुर्गाप्रसाद छुटेका हुन् ।
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका उनी विभिन्न जेलमा सारिएका थिए ।
सन् १९८२ को जनवरीमा तिम्सिना अदालती ट्रायलका लागि मानसिक रुपमा स्वस्थ नभएको दार्जिलिङ जिल्ला अदालतले भनेको थियो । त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उनले ४० वर्षसम्म कारागारमा बस्नुपरेको थियो । गत जनवरीमा पनि दीपकलाई त्यहीं देखेर सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइविना कारागारमा रहेको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्